Comments Add Comment

प्रेग्नेन्सी टेस्ट : मासिक स्रावको कति दिनपछि गर्ने ?

मासिक श्राव कसैलाई २८ दिनमा त कसैलाई ३२ दिनमा पनि हुनसक्छ । धेरैलाई २८–३२ दिनमा भए पनि २१ देखि ३५ सम्मको समयावधीलाई सामान्य मानिन्छ ।

तर, जब नियमित रुपमा भइरहेको मासिक श्राव निश्चित समय हुँदैन, हामीमा अनेक आशंका उब्जन्छ । पहिलो आशंका, कतै गर्भ त रहेन ?

खासगरी बिवाहित महिलामा यस्तो प्रश्न उब्जन सक्छ, जो नियमित सहवासमा हुन्छिन् । यससँगै उनीहरुको मनमा अर्को प्रश्न आउँछ, मासिक श्राव भएको कति दिनपछि गर्भ रहन्छ ? गर्भवती भएको कसरी थाहा पाउने ? महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ?

पीरियडअघि प्रेगनेन्सीबारे कसरी थाहा पाउने ?

-पीरियड मिस हुनसाथ गर्भ रह्यो वा रहेन भनेर स्पष्ट हुनका लागि बजारमा केहि किसिमका प्रेग्नेन्सी टेस्ट किट पाइन्छ । यसको माध्यामबाट पीरियडअघिको प्रेगनेन्सी थाहा हुन्छ ।

डा. वालकृष्ण शाह

– प्रेग्नेन्सी टेस्टका लागि सही समय चाहिन्छ । यदि समयभन्दा अगाडि नै टेस्ट गरियो भने त्यसको नतिजा गलत पनि आउनसक्छ ।

-प्रेग्नेन्सी टेस्ट किटबाट पीरियड मिस भएको पाँच दिन पछि महिलामा गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ । तर कुनै बेला ढिला पनि हुन सक्छ । समान्यतया पिरियड हुनुपर्ने मितिको २ हप्ता अर्थात अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि यस्ता टेष्ट किटले राम्रो नतिजा दिने हुन्छ र नतिजा नआए १ हप्ता पछि फेरी टेष्ट दोह¥याउनु पर्छ ।

–  गर्भ रहेको लक्षण देखियो भने मासिक श्राव हुनुअघि नै प्रेगनेन्सी टेस्ट गर्न सकिन्छ । यदि रिजल्ट नेगेटिभ आयो भने मासिक श्राव मिस भएपछि प्रेगनेन्सी टेस्ट गरौं ।

मासिक श्राव भएको कति दिनपछि जाँच गर्ने ?

–   जब महिला प्रेग्नेन्ट हुन्छ, तब उनको शरीरमा एचसिजी हर्मोन बढ्छ । यहि हर्मोनको आधारमा महिला गर्भवती भएको थाहा हुन्छ ।

-पीरियड मिस भएपछि पहिलो दिन महिलाको शरीरमा यस हर्मोनको मात्र यति धेरै बढ्छ कि, प्रेग्नेन्सी टेस्ट गर्न सकिन्छ ।

–  प्रेग्नेन्सीको सटीक जानकारी पाउनका लागि पीरियड लेट भएको केहि दिनसम्म पर्खनुपर्ने हुन्छ ।

-सही रिजल्ट पाउनका लागि पीरियड मिस भएको ७ वा १४ दिनमा प्रेग्नेन्सी टेस्ट गर्नुपर्छ ।

पीरियडपछि प्रेग्नेन्ट हुने सही समय

– मासिक स्राव भइसकेपछिको समय गर्भवती हुने सही समय हो ।

-यदि पीरियड पाँच दिनसम्म चल्यो र त्यसपछि तुरुन्तै पार्टनरसँग सम्बन्ध भयो भने, गर्भ रहने संभावना बढी हुन्छ ।

– मासिक श्राव सकिएको ११ दिनपछि पनि शारीरिक सम्पर्क भयो भने गर्भ रहने संभावना सबै भन्दा बढि हुन्छ ।

–  पीरियड सुरु हुनुअघि लगभग १२ देखि १४ दिनअघि ओभ्युलेशनको समय हुन्छ, जो पीरियडको सात दिनअघिसम्म रहन सक्छ । यस अवधीमा यदि शारीरिक सम्पर्क भयो भने गर्भ रहने अधिक संभावना हुन्छ ।

पीरियड्स मिस हुनसाथ प्रेगनेन्सीको पहिलो लक्षण के हो ?

-स्तनमा भारीपन महसुष हुनु ।

– बढी थकान अनुभव ।

-वान्ता हुनु ।

– धेरै पिसाब आउनु, कब्जियत हुनु ।

– पेटमा ग्यास हुनु, छातीमा जलन हुनु ।

– मुखको स्वाद बिग्रनु ।

गर्भ रहेको जस्तो भएमा आत्तिनु हुदैन । गर्भ चाहिने भएमा फोलिक एसिड शुरु गर्नुका साथै नजिकको प्रसुति तथा स्त्रीरोग चिकित्सकसंग परामर्श लिनुपर्छ । गर्भ नचाहिएको अवस्थामा पनि आत्तिनु हुदैन, सुचिकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीसंग परामर्श लिएर सुरक्षित गर्भपतन गर्न सकिन्छ । कुनै कुनै अवस्थामा गर्भ नरहे पनि महिनावारी रोकिएको हुन सक्छ, यस अवस्थामा कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ र १–२ महिना महिनावारी नहुदैमा आत्तिनुपर्ने हुदैन ।

लेखक मोरङ्ग सहकारी अस्पताल, बिराटनगरका प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment