
९ वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गरेका छन् ।
डडेल्धुरा अस्पतालमा रहेर बिरामीहरु हेरिरहेका डा. केसीले लकडाउनसँगै दूरदराजका विरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन भएको बताएका हुन् । यही कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै उनले भनेका छन्, ‘त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।’
उनले यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारलाई अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4