+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नियतवश कोरोना भाइरस फैलाएको भन्दै अमेरिकी राज्यद्वारा चीनविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १५:१२

१० वैशाख, काठमाडौं । चीनले नियतवश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो।

सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यो महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँदै आएका थिए। तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै उनले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आएका छन् । यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो ।

मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरू अर्बौँ डलरको क्षति सहन बाध्य भएको उल्लेख छ । चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ ।

मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरूलाई विपक्षी बनाइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?