+
+
Shares

पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष भट्टको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १५:३८

११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ प्युठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि उपचार गराउँदै आएकी भट्टको बिहीबार बिहान ९ः४५ बजे सदरमुकाम खलंगास्थित निवासमै निधन भएको हो ।

महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष पदमा रहेर क्रियाशील भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।

उनको निधनले नेपाली पत्रकारिता जगतले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी गरी स्वर्गीय भट्टप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?