+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १५:२१

१४ वैशाख, काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअजुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?