+
+
Shares

रुसमा पीपीईको अभाव, लकडाउन बढाउने पुटिनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १३:१४

१७ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा अहिले कोरोना भाइरस (कोभिड-१९) बाट बच्नको लागि पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को अभाव भएको बताएका छन् । उनले उत्पादन बढाउने र बाहिरी मुलुकबाट उल्लेख्य मात्रामा यसको आयात गर्दा पनि माग पूरा गर्न नसकिएको उनको भनाइ छ ।

पुटिनले भने, ‘पहिलाको तुलनामा हामीले धेरै उत्पादन गरिरहेका छौँ तर यो हाम्रो आवश्यकताको हिसाबमा पर्याप्त छ्रैन ।’

पुटिनले रुसमा अहिले स्वास्थ्यकर्मीका लागि दैनिक एक लाख प्रोटेक्टिभ सुट तयार गरिरहेको बताएका छन् । मार्च महिनामा रुसमा दैनिक तीन हजार मात्र प्रोटेक्टिभ सुट बनाइएको थियो । साथै रुसले मास्कको उत्पादन पनि १० गुणा बढाएको छ । अहिले रुसमा दैनिक ८५ लाख मास्क उत्पादन हुने गरेको छ ।

पुटिनले अहिलेसम्म कोरोना भाइरसको संक्रमण दर उच्चतम स्तरमा नपुगेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् । अहिले रुससँगै विश्वका धेरै मुलुकमा पीपीईको कमी देखिएको छ ।

यससँगै रुसमा लकडाउन पनि मे ११ सम्मको लागि बढाइएको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९३ हजार नाघिसकेको छ । तर, मृत्यु हुनेको संख्या भने अन्य मुलुकको तुलनामा कम छ । अहिलेसम्म रुसमा कोरोना भाइरसबाट आठ सय ६७ जनाको मृत्यु भएको छ ।स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?