+
+

१६ बंगलादेशी नागरिक बोकेर ढाका उड्यो बुद्ध एयर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १३:३०

१९ वैशाख, काठमाडौं । बुद्ध एयरको जहाज बंगलादेशको ढाकातर्फ उठेको छ । लकडाउन र व्यवसायिक हवाई उडानमा लागेको प्रतिबन्धपछि काठमाडौंमा अड्किएका १६ बंगलादेशी नागरिकलाई फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो ।

सरकारी नियमअनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ । लकडाउन सुरु भएयता बंगलादेशको ढाकामा बुद्ध एयरको यो तेस्रो उडान हो । यसअघि पहिलो उडानमा बंगलादेशी नागरिकलाई ढाका लगिएको थियो ।

दोस्रो उडानमा बंगलादेशमा अध्ययन गर्ने एक नेपाली युवतीलाई काठमाडौं ल्याउन रेस्क्यु उडान गरेको थियो । शुक्रबार तेस्रो उडान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?