Comments Add Comment

कस्तो हुनुपर्छ स्वस्थ दिनचर्या ?

रोगमुक्त, पीडामुक्त, तनावमुक्त जीवन कसरी पाउने ? कसरी लामो उमेरसम्म निरोगी रहने ? तन्दुरुस्त रहने ? यसका लागि तपाईंहामी नै सजग भइदिए पुग्छ । किनभने हामी कस्तो दिनचर्या अपनाउँछौँ, कस्तो खान्छौँ, कस्तो सोच र चिन्तन राख्छौं भन्ने कुराले यसको निर्धारण गर्छ । यसको लागि पहिलो शर्त हो, आफ्नो इन्द्रियलाई वशमा राख्ने । अनुशासित जीवन पालना गर्ने ।

काइदा सजिलो छ । मात्र एक दिनको तालिका तयार गरौँ। दिनभर के गर्ने ? बिहान कतिबजे उठ्ने ? राति कतिबजे सुत्ने ? के खाने ? कतिबेला खाने ? इत्यादि। अतः उक्त तालिकालाई दिनभर पालना गरौँ ।

– सधै ब्रम्हमुहूर्त (सूर्योदयअघि) उठ्नुपर्छ । यसबेला वायुमण्डलमा चल्ने स्वस्थ्य हावा हाम्रो शरीरले ग्रहण गर्छ, जसलाई प्राणवायु भनिन्छ ।

– ओछ्यानबाट उठेपछि मल गरौँ । त्यसपछि तीन गिलास जति तामाको भाँडोमा भण्डारण गरिएको पानी पिउनुपर्छ । यसले अम्लपित्त, मोटोपन, कब्जियत, रक्तचाप, नेत्र रोग, अपच जस्ता रोगबाट बचाउँछ ।

–  बिहान उठेपछि मलमूत्र त्याग गर्नुपर्छ ।

– अब हल्का व्यायाम गर्नुहोस् वा योग गरौँ। ३० देखि ४५ मिनेटसम्म व्यायाम गरिसकेपछि स्नान गर्नुपर्छ ।

-स्नानका लागि शीतल पानी आवश्यक हुन्छ । नुहाउँदा जहिले पनि टाउकोमा पानी हाल्नुपर्छ ।

-नुहाउनु अघि, सुत्नुअघि र खाना खानुअघि पिसाब फेर्नैपर्छ । यसले तपाईंलाई कम्मरको दुखाइ, पथरी र पिसाबसम्बन्धी रोगबाट मुक्त राख्छ ।

-नुहाइसकेपछि सर्स्युं, तोरीको तेलले शरीरमा मसाज गर्नुपर्छ ।

– शरीरको क्षमताअनुसार मर्निङ वाक गर्ने, योग गर्ने वा व्यायाम गर्ने गर्नुपर्छ ।

-खाना खानु ३० मिनेट अघि र खाना खाएको ३० मिनेटपछि पानी पिउनुहुँदैन ।

– दिनभरमा चार लिटरसम्म पानी पिउनुपर्छ ।

-भोजन ग्रहण गर्दा सुरुमा मधुर रस (मीठो), मध्यमा अम्ल, लवण रस (नुनिलो, अमिलो) र अन्त्यमा तीतो पदार्थ क्रमश: मिलाउनुपर्छ ।

– भोजनपछि बज्रासनमा १० मिनेटसम्म बस्नुपर्छ ।

– भोजन लगत्तै दौडनु, यौन क्रिया गर्नु, नुहाउनु हानिकारक हुन्छ ।

-भोजन गरे लगत्तै सुत्नुहुँदैन । यसले पाचनशक्ति नष्ट हुन्छ ।

-नियमित रुपमा ७ देखि ८ घण्टासम्म सुत्नुपर्छ।

-साँझ घाम अस्ताउनुअघि रातिको खाना खानुपर्छ ।

-बिहानको खाना जति खाइन्छ, त्यसको आधा भाग दिउँसो र दिउँसोको आधा भाग राति सेवन गर्नुपर्छ ।

– रातिको खाना खाएपछि तीन घण्टापछि मात्र सुत्नुपर्छ । खाना खाइसकेपछि केही समय बाहिर टहल्नु उत्तम हुन्छ ।

– दिनमा दुईपटक मुखमा पानी भर्नुहोस् र सफा पानीले आँखामा छ्याप्नुहोस् । यसले आँखा तेजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment