Comments Add Comment

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

२० वैशाख, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन् ।

गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन बिरामी परेका छन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र वान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment