
२० वैशाख, विराटनगर । विराटनगरस्थित कोशी कोभिड-१९ अस्पतालमा उपचाररत कोरोना संक्रमितको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको छ ।
भर्ना भएको दुई हप्ता पूरा भएका १३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी ल्याबमा पठाइएको हो ।
कोशी अस्पतालकी मेसु डा. संगीता मिश्राले भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयसहित १३ जनाको स्वाबको नमुना संकलन गरी कोशी अस्पतालको ल्याबमा परीक्षणको लागि पठाइएको बताइन् । उनीहरुको स्वाब नमुनाको रिपोर्ट भने आउन बाँकी छ ।
यसको रिपोर्ट नेगेटिभ आएमा २४ घण्टाभित्र पुनः परीक्षण गर्ने र त्यसमा पनि नेगेटिभ देखिएका डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ ।
यी १३ जनामध्ये १२ जनामा ४ वैशाखमा र एक जनामा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमा अहिलेसम्म कोरोनाको लक्षण देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4