
करिब डेढ महिना लामो लकडाउनको कारण धेरैलाई समस्या परिरहेको छ । अझ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरूलाई हातमुख जोड्न गाह्रो परिरहेको अवस्था छ ।
यस्तो समय धेरै संघसंस्था तथा व्यक्तिहरूले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरू पनि यस कार्यमा जुटिरहेका छन् ।
गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, वीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुरलगायतका विभिन्न १२ स्थानमा बिहीबार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउन्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।
यो कठिन परिस्थितिमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।
अन्जुले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नुपर्ने हो । तर, विभिन्न ठाउँमा मानिसहरू भोकभोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।’
अन्जुको हातबाट खाना खान पाउँदा मजदुरहरू पनि खुसी देखिन्थे ।
प्रतिक्रिया 4