Comments Add Comment

लोरी : आमाको हृदयबाट गुञ्जने मधुर ध्वनी

‘ए है, लै..लै.’ आमाले जब शिशुलाई काखमा लिन्छन्, तब उनको मुखबाट लयबद्ध ध्वनी गुञ्जन्छ । त्यही लयबद्ध ध्वनीमा मुग्ध भएर शिशु आनन्दित हुन्छन् । र, गहिरो निद्रामा पुग्छन् । लोरी गाउँदा आवाजमा एक किसिमको सन्तुलन हुन्छ । त्यो लयबद्ध र मधुर हुन्छ । यस किसिमको संगीतले शिशुको मस्तिष्कमा राम्रो प्रभाव पार्ने बताइन्छ । आमाको हृदयबाट स्वतस्फूर्त आउने भावनात्मक अभिव्यक्ति हो ।

तपाईं-हामी सबैले आमाको न्यानो काम वा छातीमा लपक्क टाँसिएर लोरी सुन्यौं । संभवत हामीले सुनेका जीवनकालकै पहिलो संगीत थियो त्यो । हुन त त्यसबेलाको अनुभूति अहिले हाम्रो स्मृतिमा छैन । यद्यपि अहिले पनि शिशुलाई काखमा लिएर लोरी गाइरहँदा हामी विछट्टै आन्दानुभूत गर्न पुग्छौं ।

लोरी आमाको दुधपछि ममताको सबैभन्दा मीठो भाव हो । लोरी स्वतस्फूर्त प्रकट हुन्छ । यो कसैले सिकेको वा सिकाइएको होइन । शिशुलाई काखमा लिएपछि आमाको मुखबाट स्वत गुञ्जने ध्वनी हो यो ।

शान्त रातमा जब बच्चालाई काखमा लिन्छन्, तब हृदयको स्पन्दनबाट निस्कन्छ मधुर लोरी । कतै धुन हुँदैन त कतै शब्द । न अर्थ हुन्छ । वस् ध्वनी हुन्छ  र त्यसमा भावना मिसिएको हुन्छ ।

केही अध्ययनबाट थाहा भएको छ कि, शिशुमा ताल एवं लय स्मरण गर्ने अद्भूत क्षमता हुन्छ । भनिन्छ, आमाको लोरीले शिशुसँगको भावनात्मक सम्बन्ध अरु प्रगाढ बनाउन मद्दत गर्छ । हरेक बच्चाले लोरीकै माध्यामबाट आफ्नी आमाको आवाज पहिचान गर्न थाल्छन् । लोरीमा स्नेह, करुणा र संरक्षणको भाव हुन्छ । लोरी सुनाइरहँदा आमाको हृदय पनि प्रेमले भरिन्छ ।

लोरीको अर्थ शिशुले बुझ्न सक्दैनन् । तर, त्यो मधुर स्वरलहरीले उनलाई गहिरो निद्रामा पु¥याउँछ ।

लोरीको महिमा

शिशु र आमाबीच भावनात्मक सम्बन्ध अरु प्रगाढ बनाउने माध्याम हो लोरी ।  लोरी एक लयबद्ध एवं संगीतिक हुने भएकाले शिशुको मानसिक विकासमा त्यसको राम्रो प्रभाव पर्ने बताइन्छ । शिशुको मस्तिष्क विकासमा लोरीको योगदान रहन्छ । लोरीमा आमाले गाउने स्वैरकाल्पनिक कथा वा प्रसंगहरुले बच्चाको कल्पनाशिलता बढ्ने पनि विश्वास गरिन्छ ।

यसले शिशुलाई आनन्दित र सुरक्षित महसुष गराउँछ । आमाको साथमा भएको अनुभूत गराउँछ ।

हराउदै लोरीको चलन

केही समयअघि बलिउड अभिनेत्री सामाजिक सञ्जालमार्फत आफुले लोरी र लोक धुन सिक्दै गरेको बताएकी थिइन् । आफु गर्भवती भएको कारण लोरी सिक्न उत्सुक रहेको उनको भनाई थियो ।

अहिलेको पुस्तामा लोरी सुनाउने प्रचलन भने हराउँदै गएको छ । शिशुलाई सुताउनका लागि अरु नै विधीहरु अपनाउने गरिएको छ । मोबाइलमा गीत वा मीठो धुन सुनाएर शिशुलाई फुल्याउने वा सुताउने गरेका छन् । त्यसो त अहिले कतिपय शिशुहरु धाई आमाको काखमा हुर्किरहेका छन् । यसरी उनीहरु लोरीबाट बिमुख हुँदैछन् ।

लोरीको रोचक इतिहास

मार्कण्डेय पुराणमा मदालसाको एक प्रशिद्ध प्रसंग छ, जसमा मदालसा आफ्ना बच्चा सुताउनका लागि मधुर लोरी गाउँछिन् । मदालसालाई नै लोरीको जननी भनिएको छ । के भनिन्छ भने, सर्वप्रथम मदालसाले आफ्ना पुत्र अलर्कलाई सुताउनका लागि लोरी गाएकी थिइन् । यो विवरण मार्कण्डेय पुराणको १८–१४ औं अध्यायमा पाइन्छ ।

मदालसा विश्ववसु गन्धर्वराजकी छोरी थिइन् । साथै ऋतुध्वजकी पटरानी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment