+
+
Shares

भारतसँग वार्ता गर्न सर्वदलीय टोली बनाऔं : सुजाता कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १३:०२

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् ।

सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने उनको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वैठकमा उनले भनिन् ‘वार्ता टोली बनाउनुपर्छ । वार्ता टोलीमा सबै दलका प्रतिनिधि राख्नुपर्छ’ उनले भनिन्

त्यस्तो वार्ता टोलीको नेतृत्व गर्न आफूसमेत तयार रहेको उनले बताइन् । ‘म नेतृत्व गर्न तयार छु । म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु जस्तो लाग्छ’ उनले भनिन् ।

भारतले बंगलादेशसँगको सीमा समस्या समाधान गरेको उदाहरण दिँदै उनले वार्ताबाटै नेपालले पनि समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए।

‘कालापानी भारतलाई लिजमा दिउँ भनेको हुँ’

सांसद कोइरालाले आफूले कालापानी भारतलाई लिजमा दिउँ भनेर प्रस्ताव गरेको बताइन् ।

‘करिब ६ महिनाअघि मैले विकल्पका रुपमा कालापानी भारतलाई लिजमा दिन सकिन्छ भनेको हुँ । कालापानी नै भारतलाई दिनुपर्छ भनेको होइन’ कोइराला भन्छिन्, ‘मैले विकल्प दिएको हुँ । अरु विकल्प के हुन सक्छ ल्याउनुस् न ।’

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि केही समय त्यसबारे छलफल भएको र बीचमा कोही पनि नबोलेको भन्दै उनले सतहमा समस्या देखिँदा मात्रै बोलेर राष्ट्रवादी नभइने समेत धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?