Comments Add Comment

बेलायतमा १ जुनपछि मात्र खेलकुद गतिविधि

२९ वैशाख, काठमाडौं । बेलायत सरकारले व्यावसायिक खेलकुद जुन १ भन्दा अघि सञ्चालन नगर्ने बताएको छ ।

प्रिमियर लिग जस्ता ठूला खेलकुदले कम्तीमा जुन महिनासम्म कुर्नुपर्ने भएको हो । सरकारले खेलकुद गतिविधि शुरु गर्नेबार ५० पेजको डकुमेन्ट नै सार्वजनिक गरेको छ ।

दोस्रो चरण अन्तर्गत जुन १ पछि सामाजिक दूरी कायम गरेर क्लोज डोरमा खेलकुद गतिविधि गर्न सकिने उल्लेख छ ।

प्रिमियर लिगका क्लबहरु फेरि खेलकुद गतिविधि सञ्चालनबारे सोमबार छलफल गर्दैछन् ।

कोरोना भाइरस महामारीका कारण प्रिमियर लिग मार्च १३ यता स्थगित छ । यद्यपि लिग जुनमा फेरि शुरु गर्ने तयारी छ । प्रिमियर लिगमा यस सिजन ९२ खेल बाँकी छ ।

यस्तै इंग्ल्याण्ड र वेल्समा जुन १ सम्म कुनै पनि क्रिकेट खेल हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment