+
+

भारतको विरोध गर्दा मसालका १३ नेता कार्यकर्ता समातिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १५:१४

३० वैशाख, काठमाडौं । लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता/कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु विक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, मधु जीसी लगायत १३ जना छन् ।

उनीहरुलाई रत्नपार्कमा प्रदर्शन गर्न लाग्दा प्रहरीले गिरफ्तार गरेको विमल पोखरेलले अनलाइनखबरलाई बताए । गिरफ्तारपछि उनीहरूलाई मानवअधिकारवादी नेता कृष्ण पहाडीलाई राखेकै ठाउँमा पुलिस क्लबमा राखिएको छ ।

विवेकशील दलकी नेतृ रञ्जु दर्शनालगायतको टोलीलाई पनि पुलिस क्लबमै पुर्‍याइएको छ ।

दुई दिनयता काठमाडौंमा लकडाउनको पर्वाह नगरी भारत विरोधी प्रदर्शनहरू हुन थालेका छन्। प्रदर्शनकारीलाई प्रहरीले दिनभरि थुनेर बेलुका छाड्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?