+
+
Shares

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १८:५८

३० वैशाख, बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक उपचारपछि निको भएर घर फर्केका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका ती युवकमा कोरोना पोजेटिभ देखिएपछि वैशाख १९ गते बुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा भर्ना भएका थिए ।

१२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको कुनै लक्षण देखिएको थिएन । उनको गत शुक्रवार र सोमबार दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको हो ।

निको भएर डिस्चार्ज भएपछि युवकले चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिंदै खुशी व्यक्त गरेका अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘उनले निक्कै खुशी भएर डाक्टरहरुलाई धन्यवाद दिए र आफूलाई कोरोना लागे जस्तो महसुस नै नभएको हामीसंग बताए’ डा. थापाले भने, ‘रिपोर्ट पोजेटिभ आए पनि उनमा कुनै पीर– चिन्ता र डर हामीले पनि देखेनौं, उनको आत्मविश्वास देखेर हामी पनि छक्क पर्थ्यौं ।’

ती युवक गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए । उनलाई सीमा क्षेत्रसम्म लिन गएका उनका दाजु र साथी लगायत उनीसंग सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनी आइसोलेसन अस्पतालमा रहंदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए । पासवानसहित रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमित देखिएको छ ।

उनी निको भएपछि धागो कारखानाको आइसोलेसन बेडमा रुपन्देहीका १५ जनासहित २७ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?