Comments Add Comment

लकडाउनका बीच पनि चल्दैछन् खाद्य उद्योगहरु

१ जेठ, काठमाडौं । कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन गरिएको बुधबार ५३ दिन पुगेको छ । कोरोना संक्रमण नियन्त्रण भन्दा पनि थप जटिल बन्दै जाँदा अर्थतन्त्रमा गहिरो प्रभाव देखिन थालेको छ ।

लकडाउनसँगै उद्योग कलकारखाना पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सरकारले लकडाउन अवधिमा पनि खाद्यन्न र अतिआवश्यक सामाग्री उत्पादन र बिक्रि गर्ने उद्योग सञ्चालनमा छुट दिएको छ ।

सरकारकै व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्र भित्रका त्यस्ता उद्योगहरु आशिंक रुपमा सञ्चालनमा आएका पनि छन् । तर, कच्चा पदार्थको अभाव जस्ता समस्याहरु देखिन थालेको उद्योगीहरुको गुनासो छ ।

बालाजु, ललितपुर, पोखरा, हेटौंडा, नेपालगन्जसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा खाद्यान्न लगायतका अतिआवश्याक वस्तु उत्पादन गर्ने ५ सय ९७ वटा उद्योगहरु छन् ।
तर लकडाउनयता जम्मा १०५ वटा मात्रै उत्पादन मुलक उद्योगहरु सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालन विभाग प्रमुख निर्देशक दीलीप श्रेष्ठले जानकारी दिए ।

सञ्चालित उद्योगको क्षमता पनि ५० प्रतिशत भन्दा कम रहेको निर्देशक श्रेष्ठको भनाई छ । लकडाउनका बीच सञ्चालित औद्योगमा अनलाईनखबरकर्मी शंकर गिरीले देखेको दृश्य यहाँ प्रस्तुत गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment