+
+
Shares

कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १६:५६

१९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् ।

चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् ।

जस अनुसार, नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका १४ विधेयक रहेका छन् ।

तर्जुमाका लागि सहमति दिइएका ८ वटा अध्यादेश, २४ नियमावली, ९ वटा गठन आदेश लगायतका कार्य उनले आफ्नो कार्यसूचीमा सार्वजनिक गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सन्धी सम्झौता सम्बन्धी कार्य अन्तर्गत कानूनी राय प्रदान गरेको सम्झौता ५ वटा, ३२ वटा सन्धी सम्झौतामा राय परामर्श भएको मन्त्रालयले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी कार्य अन्तर्गत नियमावली मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको, पीडित र उजुरीकर्ताको विवरण तयार हुने व्यवस्था गरिएको लगायतका कार्य समावेश छन् ।

यस्ता छन् सय दिने कार्यविवरण–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?