+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
११५ बलमा ६१ रन आवश्यक
लुम्बिनी लायन्स 2025
25/0 (0.5)
Shares

भारतबाट आएका वडाध्यक्षका छोरालाई क्वारेन्टाइनमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १७:५९

२ जेठ, सप्तरी । भारतको दिल्लीबाट आएका सप्तरीका वडाध्यक्षताका छोरालाई क्वारेन्टाइनमा पठाइएको छ ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयराम साहका छोरालाई शुक्रबार वडा नम्बर ५ स्थित चन्द्र माविको क्वारेन्टाइनमा राखिएको हो ।

आफ्नो छोरालाई क्वारेन्टाइनमा राख्न धेरै दुःख भएको वडा अध्यक्ष साहले बताए । उनले क्वारेन्टाइनका कर्मचारीले नै आफ्नो छोरालाई राख्न नमानेको बताए ।

साहले भारतको राजधानी नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययन गरिरहेका छोरालाई गत बुधबार बोलाएका थिए । बुधबार राति आएका उनलाई क्वारेन्टाइनले राख्न नमानेपछि घरमै राख्नुपरेको वडाध्यक्ष साहले प्रतिक्रिया दिएका छन् ।

‘शुक्रबार बिहान ४ बजे नै छोरालाई लिएर क्वारेन्टाइन आएको छु’ उनले भने, ‘तर यहाँका कर्मचारीले सुरक्षाकर्मीले भारतबाट आएका व्यक्ति नराख्न भनेकाले राख्दैनौं भनेका छन् ।’

यद्यपी सशस्त्र प्रहरी पोष्ट बोदे बर्साइनका प्रमुख प्रहरी निरीक्षक हिमाल केसीले त्यस्तो केही नभएको बताए । उनले भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरेको बताउँदै वडा अध्यक्षको छोरालाई पनि राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?