+
+

मन्त्री मानन्धरको पहलमा कलाकारलाई खाद्यान्न

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १९:१२

२ जेठ, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका कलाकार तथा फिल्म क्षेत्रका प्राविधिकलाई खाद्यान्न उपलब्ध गराइने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले हस्तान्तरण गरेको खाद्यान्न कलाकार तथा प्राविधिकलाई वितरण गर्न लागिएको हो ।

आफ्नो पहलमा संकलित ६ हजार ७ सय ५० केजी चामल र ८ सय २५ केजी दाल मन्त्री मानन्धरले चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएको खाद्यान्न समस्यामा परेका २ सय ७० कलाकारलाई वितरण गरिने निर्माता संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।

खाद्यान्न ग्रहण गर्दै संयोजक अधिकारीले चलचित्र क्षेत्रका कलाकारणहरुको मर्का बुझेर सरकारले सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?