+
+

‘शिक्षण अस्पतालका कर्मचारीमा कोरोना संक्रमण छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते ६:२८

३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना कुनै कर्मचारीमा कोरोना संक्रमण नभएको बताएको छ । कार्यकारी  निर्देशक डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गरी अस्पतालको कुनै पनि अस्पतालकर्मीमा कोरोना संक्रमण नभएको जानकारी दिएका छन्  ।

त्रिवि शिक्षण अस्पतालमा  जेठ १ गते कपिलवस्तुकी एक ६ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनको अवस्था सामान्य रहेको र उनीमार्फत संक्रमणको सम्भावना  भएकाहरुको व्यवस्थापन, आइसोलेसन र परीक्षण जारी रहेको अस्पतालले जनाएको छ ।

*यसअघि यसै समाचारमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको भनी भुलवश उल्लेख भएकामा क्षमाप्रार्थी छौं । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?