+
+
Shares

प्रदेश २ का सबै ८ जिल्लामा भेटिए कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते १३:०९

३ जेठ, जनकपुरधाम । शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी छन्, त्यसबाहेक बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

सिरहाका संक्रमित फागुन २८ गते मलेसियाबाट आएका थिए । उनको यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मलेसियाबाट आएलगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा परेपछि आइसोलेसनमा राखी पीसीआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।

‘त्यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो’ उनले भने, ‘त्यसपछि उनलाई छाडिएको थियो ।’

पछिल्लो पटक गत वैशाख २८ गते उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ‘अहिलेसम्मको हाम्रो अनुमान त्यही व्यक्ति नै हो’ उनले भने, ‘थप कुरा हामी पत्ता लगाउँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?