Comments Add Comment

जसिताको बर्थ डे

नायिका जसिता गुरुङले आफ्नो जन्मदिन शनिबार मनाइन् । शनिबार उनले घरमै जन्मदिन मनाएको तस्वीर पोस्ट गरेकी छिन् । आफूलाई माया गर्ने सबैको आशीर्वादले धेरै खुसी लागेको उनले बताएकी छिन् ।

लकडाउनका कारण जसिताले आफ्नो जन्मदिन फ्यान, मिडियाकर्मी र चलचित्रकर्मीमाझ मनाउन पाइनन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘लिलिबिली’बाट प्रवेश गरेकी नायिका गुरुङले छोटो समयमा नै चर्चा पाएकी हुन् । पहिलो चलचित्रले नै उनलाई नयाँ उचाइ दिलाएको थियो ।

उनको दोश्रो चलचित्र ‘लभ स्टेसन’ असफल भए पनि उनको माग भने चलचित्र क्षेत्रमा घटेको छैन । उनले साइन गरेका दुई चलचित्र ‘आई एम ट्वान्टी वान र एन्टी हिरो’ निर्माणको तयारीमा छन् ।

यी दुवै चलचित्रले जसितालाई नयाँ उचाइमा पुर्‍याउन सक्छन् । तर, यी दुई चलचित्र अब कहिले बन्छन् भन्ने कुनै टुङ्गो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment