+
+
Shares

तापसी भन्छिन्–‘पारिश्रमिक कटौती गर्न तयार छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १२:३३

भारत लामो समयको लकडाउनका कारण समस्यामा पर्दै गएको छ । विशेषगरी, आर्थिक गतिविधि ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन ।

कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ । बलिउड अब कसरी तङ्ग्रिन्छ भन्ने प्रश्नहरू उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्क समेत उठ्न थालेका छन् ।

यो विषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन्।

तापसी भन्छिन्–‘यदि परिस्थिति त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु ।’

उनले अगाडि भनिन्–‘अहिले कुनै पनि सुटिङ भइरहेको छैन । यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ । यस्तो अवस्था आएमा म यसका लागि तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?