+
+

ऋचा भन्छिन्–‘नेपाली कलाकार र मोडलमाथि हुने टिप्पणीमा विरोध किन हुँदैन ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते ११:४७

हिन्दी सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई लिएर प्रयोग भएको अपशब्दको सर्वत्र विरोध भइरहेको छ । नेपाली चलचित्रका कलाकारले पनि यसमा चर्को विरोध गरिरहेका छन् ।

तर, योसँगै अर्को एक प्रश्न पनि कलाकारहरूले उठाएका छन् । सामाजिक सञ्जालमा नेपाली कलाकारमाथि प्रयोग हुने अपशब्दको विषयमा भने कोही नबोलको भन्दै केही कलाकारले प्रश्न उठाएका हुन् ।

युटुबमा सार्वजनिक हुने भिडियो, फेसबुक, इन्स्टाग्रामका तस्वीरहरूमा नेपाली कलाकारहरूमाथि निकै नै तल्लो स्तरको गाली गर्ने गरिन्छ । तर, यो विषयमा नेपाली कलाकार एकजुट भएर विरोध गरेको भने देखिँदैन ।

नायिका ऋचा शर्मा लेख्छिन्–‘फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ । यस्तो बेलामा हामी सबै एक भएका छौं। तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई टिप्पणीको विरोधमा कहिल्यै देखिन्न ।

त्यो टिप्पणी व्यक्तिविशेषलाई आएको भएर कसैले चासो नदेखाउनुभएको होला । त्यस्ता अपशब्द बोल्नेहरुलाई पाठ सिकाउनु पर्दैन हामीले ?’ ऋचाको जस्तै आशयको स्टाटस नायिका केकी अधिकारीले पनि लेखेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?