+
+
Shares

महांकालमा २ पांग्रे सवारी साधन चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १३:०३

५ जेठ, ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महा‌ंकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

सूचनामा गाउँपालिकाबाट दैनिक बिक्रीवितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुईपाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ ।

पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्यनाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?