+
+

कपिलवस्तुमा क्वारेन्टाइनबाट भागेकाहरु फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते २०:२०

५ जेठ, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुईवटा क्वारेन्टइनवाट भागेका सबैलाई तीन दिनपछि क्वारेन्टाइनमै फिर्ता ल्याइएको छ ।

गाउँपालिकाको वडा नंं. ८ खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहोखोरका १६ जना क्वारेन्टाइन छाडेर भागेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जबराले ३० जना भागेका र उनीहरु सबैलाई घरघरबाट खोजेर पुनः क्वारेनटाइनमै ल्याएर राखिएको बताए ।

भारतबाट गाउँ आएका सबैलाई कवारेन्टाइनमा नराखिएकाले आफूहरु पनि नबस्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरु भागेर घर गएका थिए । वडा अध्यक्ष निकटका दुईजना व्यक्ति भारतबाट आएपछि क्वारेन्टाइनमा नबसेको उदाहरण दिंदै अरुले आफूहरु पनि नबस्ने भन्दै भागेका पाइएको प्रहरी प्रमुख जबराले बताए ।

मुस्लिम समुदायको मुख्य पर्व रामजान र रोजा ब्रत समेत यही समयमा परेकाले सो समुदायका व्यक्ति क्वारेन्टाइन बस्न अनिच्छुक भएको उनले बताए । १२ जना कोरोना संक्रमित देखा परेका यशोधरामा ११ सय ५४ जना क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?