Comments Add Comment

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा
आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment