Comments Add Comment

पेटको समस्यामा यस्ता खानेकुरा हानिकारक

अहिले कुनै पनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकूलता छैन । अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको सम्भावित जोखिम निम्त्याउनु हो । त्यसैले यतिबेला स्वास्थ्यप्रति थप सचेत र सजग हुन जरुरी छ।

कतिपय अवस्थामा खानपानले हामीलाई बिरामी बनाइरहेको हुन्छ । अहिले गर्मीको समयमा त खानपानमा अरू ध्यान दिनुपर्छ । बासी, सडेगलेको खानेकुराले स्वास्थ्यमा समस्या ल्याउँछ। यो मौसममा खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । झिंगा, साङ्ला आदिले खानेकुरा दूषित बनाइदिन्छ ।

अतः यसरी कुनै कारणवश पेटमा खराबी भएको बेला कतिपय खानेकुरा खानु उचित हुँदैन । खासगरी पेटको समस्यामा सुपाच्य वा सादा खानेकुरा उचित हुन्छ । तारेको, भुटेको, मसलेदार, माछामासुले थप समस्या निम्त्याउँछ ।

मसालेदार खाना

मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा अरु समस्या थप्छ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन, फ्रेन्चफ्राइज जस्ता खानेकुरा खान हुँदैन ।

प्रशोधित खाना

प्रशोधित खानामा धेरै रसायन हुन्छन् । साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा प्रशोधित खानेकुरा खानुहुँदैन ।

एसिडयुक्त खाद्यपदार्थ

एसिडयुक्त खाद्यपदार्थ जस्तै टमाटर आदिको सेवन नगरौं ।  यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।

क्याफिनको सेवन

पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानिकारक हुन्छ । यसैले पेट दुखेको बेला कफीलगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।

उच्च फाइबरयुक्त खाद्यपदार्थ

धेरै फाइबर युक्त खानाको कारण धेरै दिसा लाग्ने समस्या निम्तन सक्छ। यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment