+
+
Shares

मनिषा कोइराला नेपालकी छोरी हुन्, भारतकी होइनन् !

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७७ जेठ ८ गते १०:२१

पछिल्लो समय नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाहरुले आफ्नो असली रुप देखाउन थालेका छन्। सधै अनावश्यक बहसहरु चलाएर जनताको दिनानुदिन समस्या संग उत्तरदायित्व हुन नसकेको विगत भारतीय मिडिया सामु छ। चौथो अंगका रुपमा मिडियाले खेल्नु पर्ने भूमिका बाट विमुख भएर मोदी सरकार कै कठपुतली बनिरहेछन् भारतीय मिडियाहरु।

उनीहरू सबै नेपालप्रति लक्षित भएका छन्। विशेष गरी भारतीय मिडियाहरुका हेडलाइन र संवादहरु भारतप्रति प्रधानमन्त्री ओलीले दिएका टिप्पणी जस्तै ‘सत्यमेव जयते कि सिंह मेव जयते?’र ‘चीन र इटलीको भन्दा भारतबाट भित्रिएको भाइरस कडा ‘ हरुमा केन्द्रित छन्। यो मात्र होइन, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि-ट्विट गर्दै कलाकार मनिषा कोइरालाले नेपाल सरकारलाई धन्यवाद दिएको विषयलाई पनि नकारात्मक ढंगले प्रस्तुत गरेका छन्।

तीन महान् देशहरु मिलेर शान्तिपूर्ण ढंगले संवादमा सबै कुरा हल गर्नु पर्ने निकै नै सकारात्मक टिप्पणीलाई समेत बंग्याएर भारतको खाएर चीनको गीत गाएको जस्ता तल्लो स्तरका कमेन्टहरु गरिरहेका छन्।

भारत मनिषाको कर्मभूमि थियो, जन्मभूमि होइन । उनले त्यहाँ श्रम बेचेकी हुन्, स्वाभिमान होइन 

जे जस्तो खालको भारतीय मिडियाको प्रचारबाजी भए पनि भारत मनिषाको कर्मभूमि थियो, जन्मभूमि होइन । उनले त्यहाँ श्रम बेचेकी हुन्, स्वाभिमान होइन भन्दै मनिषाको सपोर्टमा सबै नेपाली जनताहरु उत्रिएका छन्। भारतीय नागरिकहरु पनि धेरै अन्तराष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाइराखेका छन्, नेपालमा नै पनि धेरै भारतीय नागरिकहरु छन्। तर श्रमको उचित सम्मान र कदर गर्न नजान्ने भारतीय मिडियाहरु नागरिक अधिकार,देश प्रतिको ज़िम्मेवारी र मुल्य मान्यता विपरीत रहेको कुरा स्पष्ट हुन्छ।

अझ गम्भीर कुरा,सीमा विवादमा नेपालमा भईरहेका भारत विरोधी घटनाक्रमहरु चीनको उक्साहट र आह्वानमा समेत भएको भनी नेपालको सार्वभौमिकता र आफ्नो अधिकार आफै प्रयोग गर्ने सक्ने क्षमतामा समेत भारतीय मिडियाले गम्भिर प्रश्न उठाएका छन्।

यो भन्दा अघि जेठ २ गते भारतीय सेना प्रमुख नरवणेले नयाँदिल्लीमा भएको कार्यक्रममा पिथौरागढ-लिपुलेक सडक भारतीय भूमिमा बनाएको भनिरहँदा र हिजो बुधबार मात्रै भरतीय विदेश मन्त्रालयले नेपालले आधिकारिक रुपमा आफ्नो भूमि लिम्पियाधुरा समेत समेटेर जारी गरेको नक्सा मान्य नहुने भनी आएको कुरा हेर्दा भारत पेलेरै विस्तारवादको निति अवलम्बन गर्न चहान्छ भन्ने देखिन्छ।

तर ऐतिहासिक तथ्यमा आधारित नभइकन र विज्ञ समितिको राय संग कुनै सल्लाह नगरी कनै नेपाल र नेपालीको सार्वभौमिकता माथि जस्तो प्रश्नहरु भारतीय मिडियाले प्रहार गरिरहेको छ,यस्ले दुई देश बीच कुटनीतिक खाडल गहिरो पार्ने स्पष्ट देखिन्छ।

सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनी बीच भएको सुगौला सन्धिको धारा ५ मा समेत काली नदिलाई सीमानदि भनिएको छ र त्यस्को पूर्वनेपाल र पश्चिम भारत पर्छ भन्ने कुरा जगजायर छ।

तर लिम्पियाधुरा भन्दा ३१० वर्गकिलोमिटर यता लिपुलेकबाट बग्ने खोलालाई काली नदी भनेर अनि यसैलाई सीमा नदि हो भनेर भ्रामक प्रचार समेत भारतीय मिडियाले गरिरहेका छन्।भ्रमहरु फिजाएर टिआरपी बढाउने आदत भारतीय मिडियामा पहिलै देखि चली आएको चलन हो।देखावटी रुपमा नै सत्ताको जलप लगाउन अभ्यस्त भारतीय मिडिया बाट भारतीय समाज र नागरिकले कस्तो खालको सूचना र जवाफदेहीता पाउछन् त? भन्ने प्रश्न गम्भिर छ।

सत्य प्राकृतिक हुन्छ र सत्यको नै अवश्य जीत हुन्छ।जब सत्यहरु बङ्गाउदै लगिन्छ र मिथ्याको सामर्थ्यमा मात्र कुनै राष्ट्रले कुटनीतिको परिभाषा बदल्न खोज्छ भने त्यो दिवा स्वप्न वा जनताका लागि भूलभुलैया मात्र भइदिन्छन्।भारत अहिले यहि दिशामा उन्मुख छ।र यो कोरोना महामारीको अवस्थामा संवेदना हीनताको पराकाष्ठलाई टेवा दिन भारतीय मिडिया रातदिन अनावश्यक र अतिरञ्जित  संवाद र तकरावमा जुटेका छन्।असत्यको पोषण गर्दै सत्ताको ललिपप बनिरहेछन्।

आम सञ्चारमाध्यमको एउटा धर्म हुन्छ सहि सूचना सम्प्रेषण गर्ने र जनताका हक अधिकार रक्षाका निमित्त अहो रात्र खटिने।यो हकमा नेपाली मिडियाहरु भारतीयको तुलनामा धेरै संयमित र चनाखो रहेको समेत पाउन सकिन्छ।

प्रम ओलि बेलाबखत सरकारको राम्रा कुराहरु लेख्न सक्ने,बोल्न सक्ने सम्पादकहरु संग मुटु नभएको टिप्पणी गरिरहदा समेत हामी बुझ्न सक्छौ नेपाली मिडियाहरु सत्ताको पुच्छर समाएर हिड्ने पक्षमा छैनन्।निरन्तर खबरदारी र सहि वकालत गर्ने प्रवृत्तिहरु नेपाली मिडियाको राम्रो पक्ष हो भन्दा फरक नपर्ला ।

तर राष्ट्रीयता र सार्वभौमिकताको पक्षमा नेपाली मिडियाहरु कति पानी माथिको ओभानो छन् त? भन्ने कुरा चाही विचारणीय छ।लैनचौर -भारतीय दूतावासका रात्रीभोजहरुमा सम्पादक मण्डल कै लामो लाम लागेका घटनाहरु नेपालीले बिर्सिसकेका भने छैनन्।

आज भारतीय मिडिया जुन गलत प्रचार र अभिव्यक्तिहरु मार्फत मानवता र दुई देशबीचको सहिष्णुसम्बन्धको धज्जी उडाइरहेको छ,यो कालान्तरमा उसैका लागि आत्मघाती बन्ने कुरामा दुईमत छैन।

यो भारतीय मिडियाको  बहादुरीपना धमिलो पानीमा माछा मार्नुबाहेक अरु केही पनि होइन। हाम्रो रोटी-बेटीको सम्बन्ध टिकाइराख्न भारतीय मिडियाले धैर्यता अपनाउनु बाहेकको बिकल्प अरु देखिँदैन।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?