
९ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ ।
पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा गरी प्राथमिकताका आधारमा स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन माग गरेको छ ।
केही व्यक्तिहरुलाई दलालहरुले घर पठाइदिने भन्दै नाकामा लिएर अलपत्र पारेको विषयमा समेत जनसम्पर्क समितले सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिका अध्यक्ष बालकृष्ण पाण्डेले महामारी फैलिन नदिने गरी सुरक्षित रुपमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न माग गरेका हुन् ।
मजदुरीका लागि भारतमा रहेका सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लगायतका नागरिकहरु हाल स्वदेश फर्किरहेका छन् । कोहीअझै नाकामा अलपत्र परिरहेका छन् भने कोही भारतकै विभिन्न ठाउँमा अलपत्र परेको जनसम्पर्क समितिले जनाएको छ ।
प्रतिक्रिया 4