Comments Add Comment

क्लोज डोरमा बर्लिन डर्बीको प्रतीक्षा

९ जेठ काठमाडौं । जर्मन बुन्डेसलिगाको २७औं चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछ। यस चरणको पहिलो खेलमै हेर्थ र युनियन बर्लिन भिड्दैछन् । खासै चर्चित क्लब नभउ पनि जर्मनीमा भने यी दुईको खेल बर्लिन डर्बीको रुपमा परिचित छ ।

वायर्न म्युनिख बोरुसिया डर्टमण्ड लेभरकुजन मोन्चेनग्डबाक जस्ता क्लबहरु राजधानीभन्दा बाहिरका सहरका हुन् ।

हेर्था र युनियन भने राजधानी बर्लिनका क्लब हुन् । जर्मन बुन्डेसलिगामा बर्लिनका क्लबहरुबीचको भिडन्तले छुट्टै अर्थ राख्छ ।

यस सिजनको पहिलो खेल अन्रत्गत गत नोभेम्बरमा भएको खेल युनियन बर्लिनले पेनाल्टी गोल मदद्तमा १-० ले जितेको थियो ।
यसपटक फरक परिवेशमा यो डर्बी खेल हुँदैछ । खेल हेर्थाको घरेलु मैदानमा हुँदैन ।

हेर्थाका जेनेरल म्यानेजर माइकल प्रिट्जले त्यो खेललाई ब्ल्याक डे को संज्ञा दिए । ‘हामी सबै नोभेम्बरको त्यो खेल सम्झन्छौँ । त्यो एउटा कालो दिन थियो कालो दिन । अब हामीले यसलाई अलि पछि राख्ने मौका पाएका छौँ,’ माइकलले भने ।

अहिले अवस्था धेरै फरक छ । यो फरक खालको डर्बी हुनेछ । हेर्थाका नयाँ प्रशिक्षक ब्रुनो लबाडियले भने । ब्रुनोले शनिबार होफेनहेइमविरुद्धको खेलबाट प्रशिक्षण सम्हालेका थिए ।

उता क्वारेन्टिन नियम तोडेका कारण वार्यन म्युनिखविरुद्धको अघिल्लो खेल गुमाएका युनियन बर्लिनका प्रशिक्षक उर्स फिसर हेर्थाविरुद्ध युनियनको डगआउटमा हुनेछन् ।

‘यद्यपि अवस्था अनौठो भए पनि म शुक्रबारको खेलको प्रतिक्षामा छ,’ फिसरले भने ।

अन्तमा, यो एक डर्बी हो । यो धेरै भावनाहरु भएको एक विशेष खेल हो । म पक्का छु कि शुक्रबारका लागि खेलाडीहरुलाई माथि उठाउन मैले धेरै गर्नु पर्दैन । फिसरले भने ।

मेरो लागि पहिलो र मुख्य लक्ष्य भनेको हाम्रो समग्र लक्ष्य हो त्यो बुण्डेसलिगामा रहने हो । हामी लिगमा आफ्नो सम्पूर्ण शक्तिसँग रहन चाहन्छौं, हेर्थाको विरूद्धको जितले हामीलाई यस लक्ष्यमा पुग्न मद्दत पुर्‍याउँछ ।

युनियन बर्लिन बुण्डेसलिगा खेल्ने पहिलो पूर्वी बर्लिन क्लब हो । युनियन रेलिगेसन प्लेअफभन्दा ७ अंकले माथि रहँदै १२औं स्थानमा छ । एक अंक बढिरहेको हेर्था ११औं स्थानमा छ । दुवै टोली १०औं स्थानमा उक्लने लक्ष्यसहित खेल्दैछन् ।

गत वर्ष मात्र शीर्ष डिभिजनमा उक्लिएको युनियन जर्मन शीर्ष डिभिजनको लिग खेल्ने बर्लिनको पाँचौ क्लब हो ।

यसअघि हेर्थासहित तास्मानिया १९०० बर्लिन, ब्लाउ बेइव बर्लिन र टेनिस बोरुसिया बर्लिनले पनि बुण्डेसलिगा खेलिसकेका छन् ।

बर्लिन डर्बीको इतिहास

अन्य सहरभन्दा बर्लिन सहरबाट धेरै क्लबले बुण्डेसलिगा खेले पनि अहिलेसम्म राजधानीका क्लबबीच ५ डर्बी खेल भएका छन् । जसमा चार खेल खेल हेर्था र तास्कानिया १९०० बीच भएको थियो । एक खेल भने यसै सिजनमा हेर्था र युनियनबीच भएको थियो । २०१९ नोभेम्बरको त्यो खेल चार दशकपछि कै पहिलो बर्लिन डर्बी थियो भने हेर्था र युनियनबीच पहिलो बर्लिन डर्बी थियो ।

अहिलेसम्म बुण्डेसलिगाको ५६ संस्करण आयोजना भएको छ । जसमा बर्लिनबाट हेर्थाले सबैभन्दा धेरै ३६ पटक खेलेको छ ।
तास्मानिया र ब्लाउ बेइबले एक एक पटक बुण्डेसलिगा खलेका छन् । तास्मानियाले १९६५/६६ र ब्लाउले १९८६/८७ मा लिग खेलेको थियो । त्यो बेला हेर्था शीर्ष डिभिजनमा थिएन ।

हेर्था बाहेक एक सिजनभन्दा बढी शीर्ष डिभिजनमा रहने अर्को बर्लिन क्लब टेनिस बोरुसिया हो । १९७४/७५ र १९७६/७७ को सिजनमा हेर्था र टेनिस बोरुसियाले संगै बुण्डेसलिगा खेलेका थिए ।

बुण्डेसलिगामा पहिलो बर्लिन डर्बी खेल १६ नोभेम्बर १९७४ मा भएको थियो । करिब ४५ वर्षअघि भएङ्को उक्त खेलमा हेर्थाले टेनिस बोरुसियालाई ३-० ले पराजित गरेको थियो ।

त्यसपछिको दुई खेल पनि हेर्थाले नै जित्यो । हेर्था १९७५ मा २-१ र १९७६ मा २-० ले विजयी भयो । २०७७ को रिटर्न लेगमा भने हेर्था टेनिस बोरुसियासँग २-० ले पराजित भयो ।

बिना शंका बर्लिन डर्बी कडा र प्रतिस्पर्धात्मक थियो र त्यहाँ पश्चिम बर्लिन डर्बी पनि थियो । त्यसैले यो पटकको डर्बी फरक हुनेछ किनकि युनियन बर्लिन बुण्डेसलिगा खेल्ने पहिलो पूर्व बर्लिन क्लब हो ।

यसै सिजनबाट पहिलो पटक बर्लिन डर्बीमा पूर्वी र पश्चिमी बर्लिनको क्लब छ । त्यसैले पनि जर्मनीमा यस खेललाई विशेष चासोका साथ हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment