+
+
Shares

रुपा गाउँपालिकाका स्वास्थ्यकर्मीको १० लाखको बिमा

कर्मचारीलाई मासिक भत्ता, स्वयंसेवीलाई ५ लाख बिमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १८:११
रुपा गाउँपालिकाका स्वय‌ंसेवी ।

९ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कोरोना भाइरसविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई १० लाख रुपैयाँको बिमा गरिदिएको छ ।

क्वारेन्टिन, गाउँपालिका सीमा सुरक्षालगायतमा खटिने कर्मचारी, सुरक्षाकर्मीका लागि पनि मासिक भत्ताको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘कोरोना कहरमा पनि दिनरात नभनी आफ्नो जिम्मेवारीमा जो खटिनुभएको छ । उहाँहरुलाई ध्यानमा राखेर बिमा र भत्ताको व्यवस्था गरिदिएका हौं,’ उनले भने, ‘यसबाट उहाँहरुलाई हाम्रो सहयोगका साथै हौसला पनि मिल्ने विश्वास लिएका छौं ।’

गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, सवारी चालकलगायत अन्य कर्मचारीको बिमाको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । बिमाबाहेक क्वारेन्टिनमा सेवा गर्ने कर्मचारीलाई गाउँपालिकाले मासिक २० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाका विभिन्न संस्था तथा सीमामा खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई समेत गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको नाकालगायत ठाउँमा खटिने स्वयंसेवीलाई खाना खर्चवापत मासिक ५ हजार २ सय रुपैयाँ दिने व्यवस्था गरिएको गाउँपालिका ओझाले जानकारी दिए ।

‘कोरोना भाइरसविरुद्ध खटिने स्वयंसेवीलाई पनि गाउँपालिकाले ५ लाख रुपैयाँको बिमाको व्यवस्था गरेको छ,’ उनले भने । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी र स्वयंसेवी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?