Comments Add Comment

कोभिड–१९ बिरुद्धको खोपबारे के भन्छन् शीर्ष वैज्ञानिक ?

ह्युमन इम्यूनोडेफिशियेन्सी भाइरस (एचआइभी)माथि शोध गर्ने अमेरिकाका एक ख्यातीप्राप्त वैज्ञानिकका अनुसार उनलाई लाग्दैन कि कोरोना भाइरसको खोप चाँडै आउनेवाला छ ।

विलियम हेसलटाइन जसले क्यान्सर, एचआइभी समेत केही अन्य परियोजनामा काम गरेर चर्चा पाएका थिए । उनलाई सोधिएको थियो, ‘कोभिड–१९को खोप कति चाडै विकसित हुने संभावना छ ?’

यसको जवाफमा उनले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘त्यसको प्रतिक्षा नगरौं । किनभने मलाई लाग्दैन कि यो त्यती चाडै संभव छ ।’ उनका अनुसार कोरोना भाइरसको महामारीलाई रोक्न जरुरी छ कि संक्रमितलाई सही तरिकाले खोज्न, आइसोलेसनमा राखेर संभावित संक्रमणको जोखिम नियन्त्रण गर्नुपर्छ ।

अमेरिकी सरकारलाई परामर्श दिदै उनले भनेका छन्, ‘खोपको प्रतिक्षा नगर्नु होला । यदि खोप तयार भएको घोषणासँगै लकडाउनको प्रतिबन्ध खुला गर्नेबारे शीर्ष नेताहरुले सोचिरहेका छन् भने यो रणनीति उचित हुनेछैन ।’

कोरोना भाइरस बिरुद्ध जुन पहिलो खोप तयार गरिएको थियो, त्यसले नाकको संक्रमणमा सुरक्षा दिन विफल भयो । जबकी नाकको माध्यामबाट नै कोरोना भाइरस शरीरभित्र प्रवेश गर्छ । विलियम हेसलटाइनले भनेका छन्, ‘विना कुनै प्रभावकारी उपचार वा खोपले मात्र कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिनेछ । यसका लागि संक्रमणको सही पहिचान जरुरी छ । जो व्यक्ति संक्रमित छन्, उनीहरुलाई आइसोलेसनमा राख्नु नै अहिले प्रभावकारी देखिएको छ । बाँकीले हात धुने, मास्क लगाउने, सबैभन्दा बढी प्रयोग हुने ठाउँ सफा गर्ने गरियो भने धेरै हदसम्म यो नियन्त्रणमा आउनेछ ।

विलियम हेसलटाइनलाई लाग्छ कि चीन वा अरु केही एशियाली मुलुकले यस वैकल्पिक रणनीतिलाई एकदमै प्रभावशारी ढंगले लागु गरेका छन् । जबकी अमेरिकाको अवस्था त्यस्तो छैन, जुन व्यक्ति संक्रमित हुन्छन् उनलाई आइसोलेसनमा राखिएको होस ।

उनका अनुसार चीन, दक्षिण कोरिया र ताइवानले यस विधी अपनाएर कोरोना भाइरसको संक्रमण दर कम गर्नमा सफल भएको छ । जबकी अमेरिका, रुस र ब्राजिल यसमा असफल देखिएका छन् ।

प्रोफेसर विलियमले भनेका छन्, ‘जनवारमा कोभिड–१९ को रिसर्च खोप प्रयोगबाट अहिलेसम्म के थाहा भएको छ भने यसले संक्रमितको शरीरमा खासगरी फोक्सोको संक्रमणको असर कम भएको देखाएको छ ।’

केही देशमा प्लाज्मा थेरापीको पनि अभ्यास भइरहेको छ । यस थेरापीबाट कोभिड–१९ बाट ठिक भएको व्यक्तिको शरीरबाट एन्टी बडी लिएर संक्रमित व्यक्तिको शरीरमा राखिन्छ । के मानिन्छ भने यसबाट संक्रमितको शरीरले कोरोनासँग लड्ने क्षमता विकास गर्छ ।

केही औषधि कम्पनीले अहिले यस थेरापीको परिणामस्वरुप राम्रो र परिस्कृत सीरम तयार गरिरहेका छन्, जो कोभिङ १९ का संक्रमितहरुमा कमा गर्ने संभावना छ । प्रोफेसर विलियम पनि विश्वास गर्छन् कि यो विधि सफल हुनेछ ।

उनका अनुसार भविष्यमा यसबाट पहिलो उपचार सावित हुनसक्छ । किनकी यो एन्टी बडी जसलाई हाइर इम्युन ग्लोब्यूलिन भनिन्छ, मानव शरीरको हरेक कोषमा गएर त्यस भाइरसलाई नष्ट गर्ने क्षमता दिलाउँछ ।

बिबिसी हिन्दी अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment