Comments Add Comment

जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी

१० जेठ काठमाडौं । जापानी युवा टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । फोब्र्सका अनुसार २२ वर्षीय ओसाकाले गत वर्ष ३७.४ मिलियन डलर कमाएकी थिइन् ।

फोब्र्सका अनुसार यसअघि एकै वर्ष धेरै कमाइ गर्ने महिला खेलाडी रसियन टेनिस स्टार मारिया सारापोभा थिइन् । सन् २०१५ मा सरापोभाले २९.७ मिलियन अमेरिकी डलर कमाएकी थिइन् । फोब्र्स म्यागाजिनले खेलाडीले पाउने प्राइज मनि र इन्डोरसमेन्टको आधारमा यो सूची तयार पार्दै आएको छ ।

ओसाकाले प्राइजमनिबाट ३.४ मिलियन डलर कमाए पनि इन्डोरसमेन्टबाटै ३४ मिलियन डलर कमाएको फोब्र्सले जनाएको छ ।

फोब्र्सले तयार गरेको धेरै कमाउने एक सय खेलाडीको सूचीमा ओसाका २९ औं स्थानमा छिन् । टेनिसकै सेरेना विलिमयम्स ३६ मिलियन डलर कमाई गर्दै ३३ औं स्थानमा छिन् । फोब्र्सले अर्को साता उक्त सूची सार्वजनिक गर्ने जनाएको छ ।

विलियम्स सन् २०१५ यता लगातार चार वर्ष सर्वाधिक कमाई गर्ने महिला खेलाडीमा अग्र स्थानमा थिइन् ।

ओसाका सन् २०१८ को युएस ओपन र २०१९ को अस्ट्रेलियन ओपन जित्दै स्टार बनेकी थिइन् भने विश्व नम्बर १ बन्ने पहिलो एसियाली खेलाडीसमेत बनेकी थिइन् । यद्यपि उनी अहिले डब्लुटीएको वरीयतामा १० औं स्थानमा छिन् ।

अमेरिका र जापान दुवै देशको सिटिजनसिप रहेकोले उनको चर्चा बढेको हो । फोब्र्सका अनुसार ओसाकाले नाइक लगायत १५ कम्पनीसंग इन्डोरसमेन्ट गरेकी छ्न् ि।

सेरेना विलियम्सअघि सारापोभा लगातार ११ वर्ष सर्वाधिक कमाई गर्ने महिला खेलाडीको रुपमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment