Comments Add Comment

टोकियोमा आपतकाल हटाउने तयारी

१२ जेठ, काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) का कारण टोकियोमा लगाइएको आपतकाल हटाउने तयारी गरेको छ । तर, अझै त्यहाँका चार राज्यमा यो आपतकाल जारी रहनेछ ।

सोमबार साँझ प्रधानमन्त्री सिन्जो आबेले टोकियोमा आपतकाल हटाउने घोषणा गर्न सक्ने बताइएको छ । सरकारका परामर्शदाताले दिएको सुझावपछि यस्तो कदम चाल्न लागिएको चर्चा छ ।

आपतकाल हटेसँगै टोकियोका पुस्तकालय र संग्रहालय खुल्नेछन् । रेस्टुरेन्टहरूले पनि सञ्चालन अनुमति पाउनेछन् । तर थिएटर, सिनेमा र अन्य क्षेत्रहरू भने खुल्ने छैनन् । अर्को चरणमा यसबारे निर्णय हुने बताइएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, अहिलेसम्म जापानमा कोरोना भाइरसका १६ हजार ५ सय ५० संक्रमित फेला परेका छन् । ८ सय २० जनाकोमृत्यु भइसकेको छ । पछिल्लो समय भने जापानमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment