+

विश्व पारा पावरलिफ्टिङ्गमा नेपाली खेलाडी सहभागी

२०७७ जेठ  १३ गते १९:२६ २०७७ जेठ १३ गते १९:२६
विश्व पारा पावरलिफ्टिङ्गमा नेपाली खेलाडी सहभागी

१३ जेठ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को महामारीमा विश्वनै आक्रान्त भइरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्देश्यले विश्व खेलकुद संस्थाहरुले विभिन्न कार्यक्रमलाई अगाडि सार्दै आइरहेका छन् ।

यसै क्रममा विश्व पारा पावरलिफ्टिङ्ग अर्गनाइजेशनले पनि आफ्ना सदस्य राष्ट्रहरुकाबीच खेलाडीहरुलाई क्रियाशील राख्ने र खेल क्षमतालाई कमी हुन नदिने उद्देश्यले अनलाइन प्रतिस्पर्धा गराएको छ ।

अर्गनाइजेशनले दोश्रो अनलाइनल विश्व कप सिरिज आयोजना गर्दै सदस्य राष्ट्रका खेलाडीहरुलाई खेल जीवनमा सक्रिय पार्ने उद्देश्यका साथ प्रतिस्पर्धा गराएको हो ।

सो सिरिजमा विश्व पारा पावरलिफ्टिङ्ग अर्गनाइजेशनमा दर्ता रहेका तीन नेपाली खेलाडीहरुले पनि सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जनाएका छन् ।

उक्त सेरिजमा नेपाली खेलाडीहरु निर्मला भण्डारीले ५५ केजी समूहमा, दुर्गामान तामाङ्गले ८० केजी र शरद पौड्यालले ९० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । निर्मलाले पहिलो लिफ्टमा ४५ केजी, दोश्रोमा ५० र तेश्रोमा ५५ केजी भार बहन गरेकी थिइन् ।

यस्तै पौड्यालले पहिलोमा ८५ केजी, दोश्रोमा ९० केजी र तेश्रोमा ९५ केजी तथा तामाङ्गले पहिलोमा ९० केजी, दोश्रोमा ९५ केजी र तेश्रोमा १०५ केजी तौल भार बहन गरेका थिए ।

कम्मरमुनिको भागमा अपाङ्गता रहेका ब्यक्तिहरुले प्रतिस्पर्धा गर्ने उक्त विश्व कप सिरिजमा नेपालसहित २० राष्ट्रका ४३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

११ देखि २४ मेसम्म भएको प्रतिस्पर्धाको २५ देखि ३१ मेसम्म टेक्निकल अफिसियल जजमेन्ट समय रहेको र जुन २ तारिखका दिन नतिजा प्रकाशन गरिने विश्व पारा पावरलिफ्टिङ्ग अर्गनाईजेशनले जनाएको छ । सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अनलाइन वरीयता प्राप्त गर्नुका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै विश्व मास्टर्स एथलेटिक्स महासंघले पनि अनलाइन प्रतिस्पर्धा गराएको छ । आफ्ना प्रत्येक सदस्य राष्ट्रका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउने उद्देश्यले प्रत्येक राष्ट्रका दुई खेलाडीहरुको २ मिनटको भिडियो क्लिप तयार गरी पठाउनु पर्ने र उक्त क्लिपको आधारमा खेलाडीहरुको नतिजा प्रकाशित गर्ने नेपाल मास्टर्स एथ्लेटिक्स एशोसिएसनका महासचिव भैरव शाहीले जानकारी गराएका छन् । उक्त प्रतिस्पर्धामा सेनाका राजेन्द्र भण्डारी र सेनाकै अर्का खेलाडी डा. गोपाल महर्जनले सहभागिता जनाएका छन् ।

यसै क्रममा विश्व चेस महासंघले पनि खेलाडीहरुका विच प्रतिस्पर्धा गर्ने उद्देश्यले अनलाइन चेस प्रतियोगितालाई कसरी प्रभावकारी गर्न सकिन्छ भनेर परीक्षणको रुपमा कार्य गरिरहेको नेपाल चेस संघकी महिला कमिसन बोर्ड सदस्य मोनालिसा खम्बुले जानकारी गराएकी छिन् ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय