+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्पेनमा १० दिने राष्ट्रिय शोक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते ९:५२

१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा प्रभावितमध्येको एक मुलुक स्पेनले १० दिने राष्ट्रिय शोक घोषणा गरेको छ । कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको सम्झनामा स्पेनले राष्ट्रिय शोक घोषणा गरेको हो ।

सरकारले घोषणा गरेको राष्ट्रिय शोक बुधबारदेखि सुरु हुनेछ । अहिलेसम्म कोरोना भाइरसका कारण स्पेनमा २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

राष्ट्रिय शोक मनाउने क्रममा बुधबारदेखि स्पेनका सार्वजनिक भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । स्पेनको जलसेनाको पानीजहाजमा पनि आधा झण्डा झुकाइनेछ ।

यो राष्ट्रिय शोक जुन ५ मा सकिनेछ । राष्ट्रिय शोक सभामा स्पेनका राजा फेलिपे छैठौं पनि सहभागी हुनेछन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?