Comments Add Comment

गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने

१७ जेठ, गुल्मी । गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएका छन् । सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो ।

लामो समयसम्म बैंक तथा वित्तीय संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेकाले हप्ता तीन दिन बैंक खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

यसअघि प्रशासनले हप्तामा २ दिन मात्रै बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको थियो । तर हप्तामा दुई दिन मात्र बैंक खुल्दा मानिसहरुको अत्यधिक चाप बढेपछि त्यसलाई थप एक दिन बढाइएको हो ।

गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने चार जना संक्रमित छन् । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढ्दै गएकाले संक्रमणको जोखिम पनि बढ्दै गएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment