Comments Add Comment

ला लिगा ११ जुनदेखि हुने पक्का

१७ जेठ, काठमाडौं । स्पानिस ला लिगा ११ जुनदेखि हुने पक्का भएको छ । त्यहाँको नेशनल स्पोर्ट्स काउन्सिलले ११ जुनदेखि ला लिगा फेरि शुरु हुने पुष्टि गरेको हो ।

कोरोना भाइरस महामारीका कारण मार्च महिनादेखि ला लिगा स्थगित छ ।

सेभिया र रियल बेटिसबीचको डर्बी खेलबाट ला लिगाको बाँकी सिजन शुरु हुने छ ।

काउन्सिलले सबै काम योजनाअनुसार भए जुन तेस्रो साता ला लिगा सक्ने समेत जनाएको छ । यस्तै दोस्रो डिभिजनको लिग अगष्ट पहिलो साता सकाउने जनाइएको छ ।

ला लिगा नेशनल स्पोर्ट्स काउन्सिल र स्पानिस पुटबल फेडेरेसनबीच हरेक महिना व्यावसायिक फुटबलको बारेमा छलफल हुँदै आएको छ । काउन्सिलले ला लिगा र फुटबल फेडेरेसनसँग ला लिगा शुरु गर्नेबारे सहमतिमा पुगेको जनाएको छ ।

केही समयअघि प्रधानमन्त्री पेड्रो सान्चेजले ८ जुनदेखि ला लिगा शुरु हुने बताएका थिए ।

ला लिगा अध्यक्ष ज्याभिएर तेबासले पनि ११ जुनदेखि ला लिगा शुरु हुने बताउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment