Comments Add Comment

ला लिगाको दुई चरणको खेल तालिका सार्वजनिक

बार्सिलोनाले मालोर्कासँग खेल्ने

१९ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पानिस ला लिगा ११ जुनदेखि फेरि सुरु हुँदैछ । त्यसका लागि साेमबारदेखि क्लबहरुले पूर्ण प्रशिक्षण समेत गर्ने अनुमित पाइसकेका छन् ।

ला लिगाले २८औं र २९औं चरणको लागि खेल तालिका समेत सार्वजनिक गरेको छ । जसमा खेलको मिति र सयम उल्लेख छ ।

यसअघि नै ११ जुनदेखि ला लिगा फेरी सुरु हुने पक्का भइसकेकोले त्यस दिन एक मात्र खेल हुनेछ । सेभिया र रियल बेटिसबीचको डर्बी खेल सेभियाको घरेलु मैदानमा हुनेछ ।

यस्तै अहिले अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले मालोर्कासँग जुन १३ मा खेल्नेछ भने दोस्रो स्थानको रियल मड्रिडले आइतबारसँग जुन १४ मा खेल्नेछ ।

ला लिगाले बाँकी खेल तालिकापछि सार्वजनिक गर्ने जनाएको छ । ला लिगामा जारी सिजनका ९ चरणका खेल बाँकी छ । कोरोना भाइरसका कारण ला लिगा ३ महिना स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment