
२१ जेठ कैलाली । कैलालीमा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको चुरे गाउँपालिका वडा न. ५ भासु बजारका ५४ बर्षका मानिसलाई १३ बर्षकी छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जेठ १७ गते हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको भन्दै उजुरी परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताए । पीडित बालिकाले आफूमाथि पटक पटक बलात्कार गर्ने गरेको उजुरीमा उल्लेख गरेको प्रहरी निरीक्षकले जानकारी दिए ।
‘त्यो दिन भन्दा पहिले रुखमा बाँधेर बलात्कार गरेको आरोप छ´ उनले भने ‘कसैलाई खबर गरेमा मार्ने धम्कीसमेत दिँदै अएका रहेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4