Comments Add Comment

कस्ता व्यक्ति आकर्षक देखिन्छन् ?

यहाँ आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै-कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ। उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीवचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरूसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ। अर्थात् त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकीय आकर्षण हुन्छ । आखिर उनीहरूमा त्यस्तो के गुण हुन्छ ?

आकर्षक व्यवहार

आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।

कहिले पनि अशिष्ट देखिँदैनन्, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।

सकारात्मक रवैया

आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।

हुन त आफ्नो जीवन खराब अवस्थामा गुज्रिरहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपि सम्भव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ। यसले तपाईप्रति अरूको धारणा सकारात्मक बन्छ । तपाईंमा जुन उत्साह देखिन्छ, त्यसले अरूलाई खुसी तुल्याउँछ ।

आकर्षक व्यक्तिले कहिले पनि गलत आशा राख्दैन । तपाईं जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाईं‌को लागि त्यति नै राम्रो हुन्छ । उनीहरू कठिन परिस्थितिमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरूको सहयोग गर्छन् ।

उत्सुक एवं जिज्ञासु

उनीहरू संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै वस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।

थोर-बहुत हाँसीमजाक पनि

उनीहरू सधै‌ं गम्भीर वा होसियार मात्र देखिँदैनन् । बेलामौकामा हाँसीमजाक गर्न पनि खप्पिस हुन्छन् । केही न केही गरेर अरूलाई हँसाउने, रमाइलो गराउने स्वभावका हुन्छन् ।

दयालु र इमान्दार

उनीहरू दयालु हुन्छन् । इमान्दार पनि । छलकपट गर्ने, धुर्त्याइँ गर्ने प्रवृत्ति हुँदैन । यसले गर्दा पनि उनीहरू आकर्षक देखिन्छन् ।

खुसी

उनीहरू खुसी देखिन्छन् । सधैं सकारात्मक, उत्साहित र उर्जावान देखिन्छन् । त्यही कारण पनि उनीहरू आकर्षक लाग्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment