+
+

संयम र आश्माको माया

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते ११:१४

चलचित्र ‘आभाष’ यदि तपाइले हेर्नुभएको छ भने, नायक संयम पुरी र नायिका आश्मा डीसीलाई पक्कै संझने भएको होला ।

यो जोडीले एकसाथ यो चलचित्रमा काम गरेपनि, यसपछि भने यो जोडी पर्दामा जम्न सकेन । तर, पर्दामा नजमेपनि रियल लाइफमा भने यो जोडी जमेको छ ।

संयम पुरीको अभिनयको त हजारौ फ्यान थिए । जीवन्त अभिनय गर्न सिपालु यी नायक अहिले अमेरिकामा छन् । नायिका आश्मा डीसी पनि अमेरिका पुगिसकेकी छिन् ।

सामाजिक संजाल फेसबुकमा संयमले आश्मासँगको तस्वीर शेयर गरेका छन् । चलचित्र क्षेत्रमा लागेसँगै एक अर्काको प्रेममा परेका यी दुइको प्रेम झनै बलियो बनेको छ ।

नयक संयम पुरीले पछिल्लो समय अभिनय गरेका चलचित्र असफल हुँदै गएपछि उनी अहिले यो क्षेत्रबाट टाढा जस्तै छन् । आश्माले पनि चलचित्र ‘आभाष’पछि ‘रामप्यारी’ नामक चलचित्रमा काम गरेपनि, उनको करिअर सुखद हुन सकेन । तर, यी दुइको प्रेम भने धेरैका लागि उदाहरणिय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?