Comments Add Comment

सीमा विवाद समाधानका लागि भारत र चीनबीच सैन्य वार्ता

२५ जेठ, काठमाडौं । सीमा समस्या समाधानका लागि भारत-चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।  शनिबार चीनको मोल्डोमा भारत-चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हो । बैठकमा भारतीय सेनाको तर्फबाट हरिन्दर सिंह र चिनियाँ पक्षबाट लिउ लिन सहभागी थिए । स्रोतका अनुसार यो बैठक शनिबार बिहान साढे ११ बजे सुरु भएर केही घण्टासम्म चलेको थियो ।

यद्यपि अहिलेसम्म यो बैठकमा के निर्णय भयो भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा चरणबद्धरुपमा आगामी दिनमा वार्ता जारी राख्ने सहमति भएको छ । गत मेमा भारत र चीनको सीमामा विवाद देखिएको थियो । स्थानीयरुपमा यो समस्या समाधान हुन नसकेपछि उच्चस्तरीय वार्तामार्फत यो विवाद सुल्झाउने तयारी भएको हो ।

यो वार्ताको क्रममा चिनियाँ पक्षले भारतले निर्माण गरिरहेको सडक निर्माण रोक्नुपर्ने माग राखेको थियो । चीनले भारतले निर्माण गरिरहेको सडक आफ्नो भूमिमा पर्ने दाबी गर्दै आएको छ भने भारतले भने उक्त सडक आफ्नै भूमिमा निर्माण भइरहेको बताउने गरेको छ ।

उक्त कूटनीतिक वार्ताको क्रममा दुवै पक्षले एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्दै शान्तिपूर्णरुपमा विवाद सुल्झाउने सहमति भएको छ ।

स्रोत : द हिन्दू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment