+
+

सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

रासस रासस
२०७७ जेठ २६ गते १८:२९

२६ जेठ, सल्यान । सल्यानमा एक महिला आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका-६ भुम्केज्युलाकी ३६ वर्षीया महिला ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पक्राउ परेकी श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाले बताए । घटना बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?