+
+

बजार खुल्यो, सामान्य बन्दै जनकपुरधाम

श्रवण देव श्रवण देव
२०७७ जेठ २६ गते १९:४६

२६ जेठ, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम सामान्यतर्फ उन्मुख बन्दै गएको छ । यहाँका प्रायः सबै पसल खुलेका छन् । मोटरसाइकल चल्नु सामान्य भइसकेको छ भने सिटी रिक्सा, चार पांग्रे सवारीसाधन पनि चल्न थालेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन लगाइएको लकडाउन विस्तारै खुकुलो बन्दै गएको छ यहाँ । सिनेमा घर, सैलुन, जिमखानाबाहेक हरेक प्रकारका व्यापार, व्यवसाय शुरु भएको छ । सोमबार जनकपुरधाम बजारका अधिकांस पसल निर्वाध संचालन भएको पाइयो भने मोटरसाइकल, तीन पांग्रे सिटी रिक्सा र चार पांग्रे जीपहरु गुडेको देखियो ।

यहाँका अधिकांश बैंकमा अत्यधिक भिड देखियो भने सिटी रिक्सामा कोचाकोच गरेर यात्रु चढेका छन् ।

गत शुक्रबार स्थानीय प्रशासन र व्यापारीबीच बिहानदेखि मध्यान्ह १२ बजेसम्म बजार खोल्ने सहमति भएको थियो । यो सहमतिसँगै बजारमा चहलपहल बढेको छ । स्थानीय प्रशासनले व्यापार, व्यवसायको समय निर्धारण गरे पनि त्यो बाहेकको समयमा पनि यहाँका बजार खुला रहेका हुन्छन् ।

जनकपुरधामको भानु चोक, शिवचोक, जानकी चोक, भ्रमरपुरा चोकसहितका ठाउँमा सोमबार उल्लेख्य भिड देखापरेको छ । भिड देखिएका ठाउँहरुमा कुनै किसिमको दूरी मेन्टेन गरेको देखिएको छैन ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?