+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेपालको संसदमा चिनियाँ सेनाको चर्चा !

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १७:५५

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले चीनबाट चिकित्सकसँगै चिनियाँ जनमुक्ति सेना ल्याउन लागिएको हो कि भन्ने अनौठो प्रश्न गरे ।

त्यसो गरिए नेपाल रणभूमि हुने भन्दै त्यसबारे ख्याल गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई उनले ध्यानाकर्षण गराए । सांसद मुसलमानले भने, ‘अहिले सरकारका बारेमा एउटा कुरा उठेको छ, हेल्थ इमरजेन्सीमार्फत चीनबाट डाक्टरको टीम ल्याउने, त्योभित्र पीएलएसहित तल (तराई) पठाउने कोभिड नियन्त्रणका लागि । यदि स्थानीय तहले माग गर्दैन भने स्थानीय तहमा नपठाइयोस् ।’

मुलसमानले थपे, ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडेको छ, अब तराईका जिल्लामा पीएलएको सेना दौडियो भने हामी रणभूमिमा पर्ने छौं, मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ ।’

जवाफमा मन्त्री त्रिपाठीले चीनबाट सेना त के, स्वास्थ्यकर्मी पनि नल्याइने स्पष्ट पारे ।

‘हामीलाई हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकाले कहीँ कतैबाट चिकित्सक ल्याउँदैनौं ।’

मन्त्री त्रिपाठीले अगाडि भने, ‘त्यो स्पष्ट होस्, हाम्रै चिकित्साकर्मीहरु सक्षम छन्, अहिलेसम्म कोभिड–१९ बिरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन, आफै जोखिम मोलेर लडेका छन् । त्यसकारण कुनै पनि देशबाट चिकित्सक समेत ल्याउँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?