Comments Add Comment

क्रिकेटमा नयाँ नियम : बल चम्काउन थुक लगाउन नपाइने

२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ ।

अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ ।

कोभिड १९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न नयाँ नियम प्रस्ताव गरिएको थियो । जसमा बल टल्काउन थुक प्रयोग गर्न नपाइनेदेखि लोकल अम्पयार राख्नेसम्म प्रस्ताव थियो ।

आईसीसीले यी प्रस्तावसँगै अब खेलका क्रममा कुनै खेलाडीलाई कोरोनाको लक्षण देखिए खेलाडी परिवर्तन गर्नसमेत पाइने जनाएको छ ।

कोभिड१९ रिप्लेसमेन्ट अन्तर्गत खेलाडीको लक्षण देखिए टिमले खेलाडी परिवर्तन गर्न पाउनेछन् । यो टेष्ट क्रिकेटमा मात्र लागू हुनेछ ।

यस्तै खेलाडीले क्रिकेट बल टल्काउन थुक लगाउन नपाउने भएका छन् । त्यस्तो गरेमा अम्पाएरले त्यो परिस्थितिलाई मिलाउनुपर्नेछ । एक टिमलाई त्यस्तो गरेको पाइएमा दुई पटक चेतावनी दिइनेछ ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटमा न्युट्रल अम्पायर राख्नैपर्ने बाध्यतालाई हटाइएको छ । आईसीसीले इलाइट प्यानल र इन्टरनेशनल प्यानल म्याच अफिसियलबाट लोकल म्याच अफिसियल छान्न पाउनेछ ।

यस्तै टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment