+
+

कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १३:१२

२८ जेठ, वीरगञ्ज । कोरोना महामारीको बेलामा पनि कर उठाउने संघीय सरकारको नीतिको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

वीरगञ्जको घण्टाघरमा सामाजिक दुरी कायम राखेर समाजवादी युवा संघका नेता तथा कार्यकर्ताहरुले बुधबार सरकारको विरोध गरेका हुन् ।

लकडाउन अवधिभरको कर, बैंक ब्याज, बिजुलीको बिल, स्कुल तथा कलेजको शुल्क र घर भाडा मिनाहको माग गर्दै जनता समाजवादी पार्टी निकट संघका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश २ लाई विशेष आर्थिक प्याकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ रुपमा उपलब्ध गराउने गराऊ, आरटी पीसीआर किट पर्याप्त मात्रामा उपलब्ध गराऊ, विदेशमा फसेका नेपालीलाई अबिलम्ब उद्धारको व्यवस्था मिलाऊ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको युवा संघका नेता फिरोज मन्सुरले जानकारी दिए ।

सरकारले जनताको दुःख नबुझेका कारण सांकेतिक रुपमा विरोध गर्दै राज्यको ध्यानाकर्षण गराइएको संघका प्रदेश सदस्य शिव कुमार साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?